यि चालकले गराए बदला लिने झोकमा जानाजान बस दुर्घटना : २१ जनाको मृत्यु, १५ घाइते



काठमाडौं । चिनमा केही दिन अघि बस दुर्घटना भएको थियो । तर उक्त दुर्घटना दुर्घटना नभइ जानाजान गराएको दुर्घटना भएको बताइएको छ । उक्त चालकले सरकारसँग बदला लिन जानाजान बस दुर्घटना गराएको समाचारमा जनाइएको छ ।

एक साता अघि ग्वेझो प्रान्तको एन्स्यानमा भएको बस दुर्घटना ५२ वर्षीय झाङले जानजान दुर्घटना गराएको थियो जसमा चलाकसहित २१ जनको मृत्यु भएको थियो । स्थानीय सरकारले सहर पुनर्निर्माण योजना लागू गरेपछि चालक झाङको घर पनि भत्काउने सूचीमा परेको थियो ।

परिवारको बसोबासका लागि सरकारले नयाँ घर नकिनिदिएसम्म पुरानो भत्काउन नदिने भन्दै चालक झाङले निवेदन दिए पनि उनको उक्त निवेदनको सुनुवाइ नगरी सहर पुनर्निर्माण योजनाका अधिकारीहरूले गत मंगलबार बिहानै आएर घर भत्काइदिएपछि उनी गहिरो चिन्तमा परेको र सोही चिन्ता र निराशका कारण झाङले बस दुर्घटना गराएको बताइएको छ । सो दुर्घटनामा परेर चलाकसहित २१ जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका छन्।

Comment