पूर्वराजकुमारी पूर्णिकाले लजाउँदै भनिन् ‘मैले प्रेमी रोजेको छैन’ (भिडियो)



काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह तथा पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले आँफु प्रेममा नपरेको स्पष्ट पारेकी छिन् ।

गत सातामात्रै एक अनलाइनले पूर्णिकाले प्रेमी रोजिसकेको खबर सार्वजनिक गरेसँगै उनले उक्त समाचारको खण्डन गर्दै आँफु प्रेममा नरहेको टिकटक मार्फत प्रतिक्रिया दिएकी छिन् ।

पूर्णिकाले सामाजिक सञ्जाल टिकटकमा भिडियो सन्देश सार्वजनिक गर्दै आफ्नो प्रेमबारे छापिएका कुरामा कुनै सत्यता नभएको भन्दै उक्त समाचार तथ्य हिन भएका कारण नपत्याउन समेत समस्त नेपालीमा अनुरोध गरेकी हुन् ।

टिकटकमा पूर्णिकाले भनेकी छिन् ‘मेरो बारेमा छापिएको कुरामा केही सत्यता छैन । मैले सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’ हेर्नुहोस् भिडियो

@purnikarlds

Don’t believe everything you read..

♬ original sound – purnika_shah

Comment