तनहुँको पहिरोमा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझैं बेपत्ता



२९ असार, काठमाडौंः पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । निरन्तरको वर्षासँगै आएको पहिरोमा परि तनहुँमा ७ जनाको ज्यान गएको हो ।

तनहुँ, जिलला प्रहरी कार्यालयका अनुसार तनहुँमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको हो । ७ जनाको मृत्युसँगै अन्य ५ जना बेपत्ताहरुको खोजी पनि भईरहेको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा एक जना म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विक रहेको प्रहरीले जनाएको छ । उद्धार गरिएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना मृत्यु भएको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरीले बताएको छ ।

५ जना बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Comment