१७ वर्षीया किशोरीको अश्लील भिडियो बनाई पोष्ट गर्ने सुरज चितवनबाट समातिए



काठमाडौ, असार २९ । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिउ
अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।

Comment