चर्चित अभिनेत्री केलीको निधन



काठमाडौं । हलिउड अभिनेत्री केली प्रेस्टनको निधन भएको छ । उनको ५७ वर्षको उमेरमा । स्तन क्यान्सरका कारण निधन भएका हो ।उनका श्रीमान तथा कलाकार जोन ट्रावोल्टाले इन्स्टाग्राममार्फत् केलीको निधनबारे लेख्दै यसबारे जानकारी दिएका हुन् ।उनले लेखेका छन ‘मेरी सुन्दर पत्नी केलीले स्तन क्यान्सरसँगको दुई वर्ष लामो लडाइँ हारेकी छिन् ।

यद्यपि उनको लडाइँ साहसिक थियो । त्यो लडाइँमा यहाँहरूको साथ र माया थियो । जोनले आफ्नी पत्नीको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवं चिकित्सकलाई धन्यवाद दिएका छन् । यो दम्पतीकी २० वर्षीया छोरी एल्ला र ९ वर्षका छोरा बेन्जामिन छन् । केली र जोनको २९ वर्षअघि बिहे गरेका थिए ।

Comment