खुशीको खबर : नेपालमा कोरोना निको हुनेको संख्या १० हजार २९४ पुग्यो



काठमाडौं असार ३०। कोरोना भाइरस सङ्क्रमण कम हुन थालेसँगै सङ्क्रमित निको हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ७०५ जना व्यक्ति कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कुल डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ६० दशमलब ७ प्रतिशत डिस्चार्ज भएको बताए ।गोरखापत्र दैनिकमा खबर छ।

मन्त्रालयका प्रवक्ता गौतमले छ हजार ६१३ सक्रिय कोरोना सङ्क्रमित रहेको बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभर १४४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

Comment