अमिताभको परिवारपछि नायिका सारा अली खानको घरमा पनि पस्यो कोरोना



एजेन्सी । भारतमा कोरोना महामारी दिनानुदिन बढीरहेका बेला भारतीइ चर्चित कलाकारहरुमा पनि कोरोना संक्रमणको पुष्टी भइरहेको छ । यसैबिच भारतीय चर्चित नायिका सारा अली खानका ड्राइभरलाई पनि कोरोना संक्रमणको पुष्टी भएको छ ।

उनले इस्टाग्राममा जानकारी दिँदै आफ्ना चालकलाई कोरोना संक्रमण पुष्टी भएसँगै उनलाई क्वारेन्टिनमा राखिएको र आँफुहरु सबैको कोरोनाको रिर्पोट भने नेगेटिभ आएको बताएकी छिन् । उनले इस्टाग्राममा आफ्ना चालक बाहेक परिवारका अन्य सदस्य र कर्मचारीहरुलाई नेगेटिभ देखिएको पुष्टी भएको उल्लेख गरेकी छिन् ।

यसअघि भारतीय सुपरस्टार अमिताभको परिवारमा नै कोरोना संक्रमण भएपछि उनका फ्यानहरु निराश बनेका छन् । भारत विश्वमा नै कोरोना संक्रमणको दर बढ्ने देशमा तेस्रो स्थानमा रहँदा निकै खतराका साथ कोरोनाको सामना गरिरहेको छ ।

Comment