सडकबाट ३०० मिटर तल ट्र्याक्टर खस्दा रमेशको घटनास्थलमै ज्यान गयो — OSNepal

सडकबाट ३०० मिटर तल ट्र्याक्टर खस्दा रमेशको घटनास्थलमै ज्यान गयो

LC (KTM) October 17, 2021 0

सङ्खुवासभा- सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका –१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्र्याक्टर तीनजुरेमा दुर्घटना हुँदा त्यसका चालक दाहालको घटनास्थलमै मृत्यु भएको प्रमुख खत्रीले बताउनुभयो । ट्र्याक्टर सडकबाट ३०० मिटर तल खसेको थियो । दुर्घटना भएको ट्र्याक्टरको नम्बर प्लेट नखुलेको खत्रीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरेहको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर