तीन जना सवार मोटसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु — OSNepal

तीन जना सवार मोटसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

LC (KTM) October 17, 2021 0

कैलाली ३१ असोज । मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान छ । तिन जना सवार से ६ प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको ज्यान गएको हो ।

टीकापुर नगरपालिका–२ विकास टोलमा तीब्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार चालक टीकापुर नगरपालिका–१ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही स्थान बस्ने १८ वर्षकै केशव मगरको ज्यान गएको हो ।

गम्भिर घाइते भएका उनीहरुको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज बाँकेमा ज्यान गएको प्रहरीले जनाएको छ । एक जनाको भने टीकापुरकै १९ वर्षीय आशिष मगरको कोहलपुरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर