रक्षामन्त्री डा. मीनेन्द्र रिजाल जंगी अड्डा — OSNepal

रक्षामन्त्री डा. मीनेन्द्र रिजाल जंगी अड्डा

LC (KTM) October 17, 2021 0

काठमाडौँ ३१ असोज । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले जंगी अड्डाको निरीक्षण गरेका छन् । आज आइतबार जंगी अड्डा पुगेका रक्षामन्त्री रिजालले निरिक्षणका क्रममा राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गरिने बताएका छन् ।

रक्षामन्त्री रिजालाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको समेत बताएका छन् ।

नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएको जानकारी दिएका उनले सेनाले प्राथमिकतामा राखेका कार्यहरु कार्यान्वयनमा प्रतिवद्धता समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर