घाँटी रेटेर हत्या गरिएको एक युवकको पहिचान खुल्यो — OSNepal

घाँटी रेटेर हत्या गरिएको एक युवकको पहिचान खुल्यो

LC (KTM) October 17, 2021 0

धनुषा ३१ असोज । धनुषामा घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको शवको सनाखत भएको छ ।

नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा घाँटी रेटेर हत्या भएको अवस्थामा फेला परेको उक्त शव सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने सञ्जीव पण्डितको रहेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले दिएको जानकारी अनुसार पण्डितको शनिबार राती नै घाँटी रेटेर हत्या गरेको हुन सक्ने बताइएको छ ।

अहिले पण्डितको शव मुचुल्का गरी पोस्टमार्टमको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याएको छ ।

घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर