आखिर के गरेका थिए चितवनका सागरले ? कोरोना कहरका बिच फिल्मी शैलिमा समात्न सफल भयो प्रहरी — OSNepal

आखिर के गरेका थिए चितवनका सागरले ? कोरोना कहरका बिच फिल्मी शैलिमा समात्न सफल भयो प्रहरी

LC (KTM) May 23, 2021 0

चितवन- गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ ९हाल कालिका नगरपालि०का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।

उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।

उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । ९रासस० स्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर