बलिउड अभिनेत्री प्रियंका चौपडा दमको रोगी रहेको खुलासा — OSNepal

बलिउड अभिनेत्री प्रियंका चौपडा दमको रोगी रहेको खुलासा

LC (KTM) October 17, 2021 0

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चौपडा दमको रोगी रहेको खुलासा भएको छ । अमेरिकी गायक निक जोनससँग विबाह गरेकी प्रियंका दमको रोगी रहेको खुलेको हो । पाँच वर्षको उमेरदेखि उनलाई दमको रोग रहेको छ ।

यस रोगको खुलासा प्रियंका स्वयमले गरेकी हुन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले आफूलाई पाँच वर्षको उमेरदेखि दम रोग लागेको खुलासा गरेकी हुन् । उनले भनेकी छिन, ‘दम एक रोग हो, यसलाई लुकाएर राख्नु आवश्यक छैन ।’

सोही क्रममा सार्वजनिक गरिएको भिडियोमा प्रियंकाले भनेकी छन्, ‘म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु । मेरी आमाले मलाई धेरै सहयोग गर्नुभयो ।पहिले मलाई मानिसरुल धेरै औषधी सेवन गर्नुहुँदैन, पछि औषधी खाने बानी बस्छ भन्थे । त्यसपछि मैले औषधि लिन बन्द गरें र इन्हेलर प्रयोग गर्न थालें ।’ यसैबीच प्रियंकाकी प्रेमी निक जोनस पनि मधुमेहका रोगी रहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर