चलचित्र ‘शिलशिला’को छायांकनको समयमा अमिताभ र रेखाको भएको थियो ब्रेक अप — OSNepal

चलचित्र ‘शिलशिला’को छायांकनको समयमा अमिताभ र रेखाको भएको थियो ब्रेक अप

LC (KTM) October 17, 2021 0

काठमाडौँ – बलिउडकर्मीको प्रेम कसैसँग लुकेको छैन । बि–टाउनका सेलेब्सबीच हुने प्रेमले पेज थ्रीमा राम्रै स्थान पाउने गरेका छन् । फिल्ममा देखिने जोडीहरु रियल लाइफमा पनि प्रेममा पर्छन् । यद्यपि, विवाहसम्म पुग्ने निकै कम छन् । अक्षय कुमार र ट्विन्कल खन्ना, अजय देवगन र काजोल, रणवीर सिंह र दीपिका पादुकोण लगायतका केही उदाहरण छन्, जसले प्रेम जीवनलाई विवाहमा परिणत गरे । तर, हामी यहाँ चर्चा गर्दैछौँ, यस्ता केही सेलिब्रेटीहरुको जसको फिल्ममा अभिनय गर्ने क्रममा नै ‘ब्रेक–अप’ भयो ।

सारा अली खान र कार्तिक आर्यन
पछिल्लो समय बलिउडमा युवा–पुस्तामाझ निकै चर्चा भएको जोडी हो, कार्तिक र साराको जोडी । यी दुईले पछिल्लो समयसँगै अभिनय गरेको फिल्म हो, ‘लभ आजकल’ । साराले एक अन्तर्वार्तामा आफूलाई कार्तिकमा क्रस रहेको बताएपछि यी दुईको सम्बन्ध अगाडि बढेको थियो । यी दुईको सम्बन्ध चर्चामा आएपछि इम्तियाज अलीले फिल्ममा अभिनय गराएका थिए । यी दईलाई फ्यानले सार्तिक पनि भन्ने गरेका थिए । तर , पछिल्लो समय यो जोडीको सम्बन्धमा पूर्ण विराम लागेको छ । फिल्म छायाँकनकै समयमा यी दुईको सम्बन्धमा आएको दरारले ‘ब्रेक–अप’ गराएको छ ।

शाहिद कपूर र करीना कपूर
बलिउडमा हिट जोडी मध्यको एक हो, शहिद र करीनाको जोडी । करिनाकै को–स्टार भएर शहिदले ‘फिदा’मार्फत बलिउडमा डेब्यु गरे । यी दुईको जोडीले राम्रै चर्चा पायो । यो जोडीलाई आइकनिक जोडी पनि भन्न थालिएको थियो । एकअर्कालाई सपोर्ट गर्नुका साथै यी दुईले केही फिल्ममा सँगै काम पनि गरे । यद्यपि, यी दुईको पनि अन्तिम फिल्म बन्यो ‘जब वि मेट’ । यही फिल्मको छायाँकनको क्रममा यिनको सम्बन्धमा ‘ब्रेक’ लाग्यो । फिल्म त हिट भयो, तर यो जोडीले आफ्नो सम्बन्धलाई अगाडि बढाउन सकेन ।

अनुष्का शर्मा र रणवीर सिंह
बलिउडमा हिट जोडीमै पर्छन्, रणवीर र अनुष्का । यी दुईले एकसाथ केही फिल्ममा काम गरेका छन् । जसले यिनलाई नजिक ल्यायो । सुरुवाती दिनमा सँगै भएकाले यी दुई नजिक भए । मिडियामा गसिप पनि आयो । तर, यी दुईको सम्बन्धले निरन्तरता पाउन सकेन । भनिन्छ, यी दुईको सम्बन्धले पछिल्लो समय ‘दिल धड्कने दो’मा राम्रो सुरुवात गरेको थियो । तर, अन्त्यसम्म आइपुग्दा त्यसले निरन्तरता पाउन सकेन । ‘ब्रेक–अप’ त अगाडि नै भइसकेको थियो । तर, त्यहाँ ‘प्याच अप’ हुन सकेन । रणवीरले दीपिका पादुकोणसँग विवाह गरेका छन् भने अनुष्काले पनि क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् ।

आलिया भट्ट र सिद्धार्थ मल्होत्रा
बलिउडमा एकसाथ डेब्यु गर्ने कलाकार हुन्, आलिया र सिद्धार्थ । करण जोहरको निर्माण तथा निर्देशनमा तयार फिल्म ‘स्टुडेन्ट अफ द इयर’मार्फत डेब्यु गर्ने क्रममा आलिया र सिद्धार्थ नजिक भए । यी दुईको प्रेमको खबरले मिडियामा राम्रै स्थान पायो । सुरुवाती दिनमा भएकाले आलिया र सिद्धार्थले पनि मिडिया ‘ह्यान्डल’ गर्न सकेनन् । जसले गर्दा यी दुईको सम्बन्ध बाहिर आयो । यी दुईको लभ लाइफ राम्रै भइरहेको थियो । तर, पछिल्लो फिल्म ‘कपूर एण्ड सन्स’ मा काम गर्ने क्रममा यी दुईको ‘ब्रेक–अप’ भयो ।

ऐश्वर्या राय र सलमान खान
बलिउडमा जब सेलेब्स प्रेमको कुरा आउँछ, सलमान र ऐश्वर्याको कुरा नहुने कमै संयोग हुन्छ । बलिउडमा सलमान र ऐश्वर्याको प्रेम कसैसँग लुकेको छैन । यी दुईको प्रेम ‘हम दिल दे चुके सनम’मार्फत सुरु भएको थियो । सञ्जाललीला भन्सालीको यो फिल्मबाट जोडिएको सम्बन्ध त्यसको केही समयपछि सकियो । सलमानको बानीले गर्दा ऐश्वर्याले ‘ब्रेक–अप’ गर्नु परेको खबर मिडियामा आयो ।

अमितााभ बच्चन र रेखा
बलिउडमा अव्यक्त प्रेमको रुपमा अमिताभ र रेखाको प्रेमलाई हेरिन्छ । यी दुईले केही फिल्ममा सँगै काम गरेका छन्, जसले प्रेम पलायो । यी दुईले मिडियामा प्रेम स्वीकारेका छैनन्, तर बि–टाउनमा यिनको प्रेमको चर्चा धेरे भएको थियो । यी दुईले अन्तिम समयमा ‘शिलशिला’मा काम गरेका थिए । यो फिल्मको छायांकनको समयमा अमिताभ र रेखाको सम्बन्धमा ब्रेक लागेको भारतीय मिडियाले उल्लेख गर्दै आएका छन् । त्यसपछि अमिताभ घरजम गरे, तर रेखा अझै अविवाहित छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर