OSNepal बुधबार, मंसिर २२ २०७८

रातोपैह्रा सामुदायिक वनमा रोपेको ६ वर्षपछि फल्यो मेकाडामिया नट

रातोपैह्रा सामुदायिक वनमा रोपेको ६ वर्षपछि फल्यो मेकाडामिया नट

  • OSNepal
  • आइतबार, असोज ३१ २०७८


रातोपैह्रा सामुदायिक वनमा रोपेको ६ वर्षपछि फल्यो मेकाडामिया नट
Reading Time: 2 minutes

गण्डकी, ३१ असोज- पोखरा महानगरपालिका–१७ स्थित रातोपैह्रा सामुदायिक वनमा म्याकाडामिया नट फलेको छ । वन समूहले परीक्षणका लागि लगाएको बिरुवाले रोपेको ६ वर्षपछि फल दिन थालेको छ ।पातको छेउमा लहरै मिलेको काँडेधार र फलको बाहिरी भाग कडा हुने हुँदा बाँदरले खान नसक्ने र हाँगाको तल्लो भागमा झुण्डिएका लहरामा फल लाग्ने हुँदा माथिल्लो भागमा परेको असिनाले समेत खासै क्षति नगर्ने म्याकाडामिया नट यतिखेर सामुदायिक वनमा रुखभरी झुप्पाझुप्पा फलेका छन् ।

बिरुवा रोपेको पाँच वर्षमै फूलफुले पनि फल भने नलागेको र त्यसपछिका वर्षमा लटरम्म फल दिन सुरु गरेको रातोपैह्र्रा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टीकाबहादुर द्वारेले जानकारी दिनुभयो । बोटले लामो समयसम्म उत्पादन दिनुका साथै फल बिक्रीबाट मनग्य आम्दानी लिन सकिने र उत्पादन घटेपछि यसको बोटलाई काठको रुपमा प्रयोग हुने सामुदायिक वन क्षेत्रमा म्याकाडामिया नटको विस्तार गर्नु आवश्यक छ ।

समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने म्याकाडामिया नटको फलमा प्रोटिन, क्याल्सियम, फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । यसको अहिलेको बजार मूल्य प्रतिकिलो रु ६०० रहेको छ । एउटा वयस्क बोटले वार्षिक ५० किलोसम्म फल दिने अष्ट्रेलियमा यसको माग उच्च रहेको छ । नेपालको तीन सयदेखि एक हजार ८०० मिटरसम्मको उचाइको सिँचाइ एवम् २५ देखि ३२ डिग्री तापक्रम उपयुक्त हुनेहुँदा नटका लागि मध्यपहाडी क्षेत्र उर्वरा भूमिका रुपमा मानिन्छ ।

सो समूहले मेकाडामिया नटसँगै परीक्षणकै लागि लगाएको औषधीय गुणयुक्त टिमुरले समेत राम्रो फल दिन थालेको छ । १० वटा बिरुवा लगाएकोमध्ये हुर्केको एउटाले प्रत्येक वर्ष लटरम्म फल्ने गरेको समूहकी सचिव विष्णु थापाले बताउनुभयो । उहाँका अनुसार समूहले छिटो हुर्कने र महँगो मूल्यमा बिक्री हुने पाउलोनियाका एक सयको हाराहारीमा बिरुवा खरिद गरी समूहको सक्रियतामा रोपिएका बिरुवामध्ये २० प्रतिशत मात्र हुर्केका छन् । “सेती नदीको किनारामा अधिकांस भिरालो पाखो रहेको सो क्षेत्रमा कुनै बेला रुख भने एउटा पनि देख्न पाइदैनथ्यो”, उहाँले भन्नुभयो, “उपभोक्ताको अथक प्रयाससँगै कूल एक हजार दुई सय क्षेत्रफलमा पैmलिएको सामुदायिक वन यतिखेर भने हराभरा जङ्गलमा परिणत भएको छ ।”

विसं २०४२ मा तत्कालीन इलाका वन कार्यालय कुँडहरको सक्रियतामा केही सिसौ र बाँसका बिरुवा रोपेसँगै २०५२ सालमा समूहलाई हस्तान्तरण गरिएको सो वनमा उपभोक्ताको सक्रियता एवं डिभिजन वन कार्यालयको सहयोगमा विभिन्न समयमा रोपिएका बिरुवाले अहिले ढपक्क ढाकेको छ । समूहको सक्रियतामा विभिन्न समयमा रोपिएका एक हजार चाँप, सात सय लप्सी, एक हजार भन्दा बढी उत्तीस, एक हजारको हाराहारीमा विभिन्न प्रजातिका बाँस, सल्लो, रुद्राक्ष, बेल, राजवृक्ष, अम्रिसो, लगायतका बिरुवा हुर्केका छन् भने वनको संरक्षणसँगै प्राकृतिक रुपमा उम्रेका चिलाउने, कटुस, मौवा, तिजु, टुनि, सिमललगायतका प्रजाती पनि सँगसँगै हुर्केको सचिव थापाको भनाइ छ ।

वन समूहका कोषाध्यक्ष विष्णुमाया तिमिल्सिनाका अनुसार सामुदायिक वन क्षेत्रबाट आम्दानी लिने बेला आइसकेको छैन्, अहिले समूहको मुख्य आम्दानी भनेको बाँस र सुकेका रुख बिक्री र सदस्यता नवीकरण तथा कहिँकतैबाट आउने सहयोग मात्र हो । समूहको वार्षिक आम्दानी भने १५ देखि २० हजारसम्म हुने गरेको छ । वनबाट पशुपालन गर्ने उपभोक्तालाई घाँसको सुविधा पुगेको छ । समूहमा हाल एक सय १३ घरपरिवार उपभोक्ता रहेको उहाँको भनाइ छ ।

समूहको सक्रियतामा लगाइएको चाँप, लप्सी, उत्तीस, बाँसलगायतका बिरुवा फस्टाएर अहिले जङ्गल बनेको बताउँदै उहाँले आगामी केही वर्षपछि वन पैदावार निकासीबाट राम्रो आम्दानी लिने आशा पलाएको बताउनुभयो । मुलुकमा समूहलाई हस्तान्तरण गरिएका २२ हजार ४०० सामुदायिक वन समूह रहेका छन् ।

काठ बिक्री गरेर लाखांै कमाउने र वृक्षरोपण गरेर वनमा परिणत गर्ने समूहलाई सम्बन्धित निकायबाट हेर्ने दृष्टिकोण एउटै हुँदा यस्ता उच्च योगदान गर्ने नर्सरी वन समूहको उचित कदर हुनसकेको छैन । सामुदायिक वन समूहमा खाली रहेको जमिन वा व्यक्तिको निजी जग्गामा हरियाली प्रवद्र्धनसँगै आयआर्जन तथा रोजागर सिर्जना हुने खालका फलफूल, जडीबुटी तथा बाँसको व्यावसायिक खेती गर्न सके समृद्ध नेपाल निर्माण अभियानमा सामुदायिक वनबाट महत्वपूर्ण योगदान पुग्न सक्ने यस क्षेत्रका विज्ञको सामूहिक धारणा छ । (

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड