सन्तोष पन्त पनि मान्दैनन् राजेश हमाललाई महानायक, भन्छन्, ‘मेरालागि दीपकराज महानायक’ (भिडियो हेर्नुहोस)



अभिनेता राजेश हमाललाई महानायक भन्ने कि नभन्ने विषयमा अहिले नेपाली कलाक्षेत्रकै कलाकारहरुका फरक फरक धारणा आइरहेका छन । अभिनेत्री दिपाश्री निरौलाले एक अन्तरवार्ताका क्रममा राजेश हमालको महानायकी पदमा प्रश्न उठाएपछि यो वहसको रुप लिएको छ । उनले राजेश हमाल महानायक हो र रु भन्दै प्रतिप्रश्न गरेकी थिइन् । उनको यो अभिब्यक्ति पछि सामाजिक सञ्जालमा दिपाको चर्को आलोचना भएको छ ।नेपाली फिल्म क्षेत्रमा एक छत्र राज गरेका राजेश हमाललाई दर्शकले महानायकका रुपमा सम्मान गर्ने गर्छन । उनलाई सम्बोधन गर्दा पनि महानायक नै भनिन्छ । तर दिपाश्रीले उनको त्यो पदवी माथि प्रश्न उठाएपछि फिल्मका दर्शकहरु रुष्ट भएका हुन् ।

राजेशका फ्यानले दिपाको घमण्ड बोलेको भन्दै टिप्प्णी गरेका छन् ।सामाजिक सञ्जालमा निकै गा ली आएपछि महानायक राजेशले पनि सामाजिक सञ्जाल फेसवुक मार्फत दिपालाई गा ली नगर्न आग्रह गरेका छन् । उनले मंगलवार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै दिपालाई गा ली नगर्न र माफी दिन आग्रह गरेका छन् । तर उनले दिपाको नाम भने लिएका छैनन् । आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा वहस सुरु भएको भन्दै उनले दुख ब्यक्त गरेका छन् । यता फिल्म क्षेत्रकै ब्यक्तिहरुले भने यो वहसलाई तन्काउदै लगेका छन् । भिडियो हेर्नुहोस

Comment