अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा आजबाट शुल्क लाग्ने



काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनको समयमा जुनसुकै एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने व्यवस्था आजबाट हट्ने भएको छ ।

बुधबार एक सूचना निकाली नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था भोलिदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लाग्ने जनाएको हो ।

लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट निस्शुल्क पैसा निकाल्ने व्यवस्था गरेको थियो । उक्त विज्ञप्तिमा लकडाउन खुकुलो भएसँगै र आवत जावतमा पनि सहज भएकाले अबदेखि शुल्क लाग्ने कुरा उल्लेख गरिएको छ ।

Comment