फाइभ जी इन्टरनेट आइनपुग्दै सिक्स जीको काम सुरु, कस्तो होला यस्तो इन्टरनेट



काठमाडौं- अहिले फाइभ जी इन्टरनेटसमेत व्यवसायिक तवरमा विश्वव्यापी बनिसकेको छैन । दक्षिण कोरियाली कम्पनी सामसुङले चाहिँ सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरिसकेको छ ।

आगामी सन् २०२८ भित्रमा सिक्स जी इन्टरनेट संरचनाको निर्माण सम्पन्न भई व्यवसायिकरुपमा प्रयोगमा ल्याउने योजना सामसुङको रहेको बताइएको छ । सन् २०३० सम्ममा विश्वमा आमरुपमा सिक्स जी इन्टरनेट प्रयोग हुनेछ ।


सामसुङले सन् २०१९ को मे महिनामा एडभान्स्ड कम्युनिकेसन रिसर्च सेन्टरको स्थापना गरी सिक्स जी इन्टरनेटको विकासमा काम सुरु गरेको थियो । सोही रिसर्च सेन्टरले गरिरहेको अनुसन्धानले सिक्स जी इन्टरनेटको भविष्यका विषयमा यस्तो प्रक्षेपण गरेको हो ।

सामसुङका अनुसार सन् २०३० सम्ममा विश्वका ५ खर्ब डिभाइसमा सिक्स जी इन्टरनेट जोडिएको हुनेछ । उक्त समयसम्ममा मोबाइल फोनहरु विभिन्न स्वरुप तथा प्रविधिका साथमा उपलब्ध हुनेछन् जसमा अग्मेन्टेड रियालिटी ग्लास, भर्चुअल रियालिटी हेडसेड तथा होलोग्राम लगायत रहनेछन् ।

Comment