टिकटकलाई लाग्यो ठूलो धक्का, १ करोड ७५ लाख जरिवाना



०१ असार, काठमाडौंः भिडियो शेयरिङ एप टिकटकलाइ जरिवाना भएको छ ।

भिडियो शेयरिङ एप टिकटकलाई बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा दक्षिण कोरियाले जरिवाना गरेको छ ।

टिकटकमा रहने प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले टिकटकलाई जरिवाना गरेको हो । कमिसनले टिकटकलाई १८ करोड ६० वन अर्थात १ करोड ७५ लाख नेपाली रुपैयाँ जरिवाना गरेको हो ।
टिकटकमाथि लागेको यो जरिवाना टिकटकले वर्षभरि कमाउने रकमको ३ प्रतिशत रहेको छ ।

Comment