साफको उपबिजेता नेपाल भोली स्वदेश फर्कदै — OSNepal

साफको उपबिजेता नेपाल भोली स्वदेश फर्कदै

LC (KTM) October 17, 2021 0

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम भोलि नेपाल आउँदैछ । अखिल नेपाल फुटबल संघ एन्फा ले च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिम भोली बिहान नेपाल आईपुग्ने जानकारी दिएको छ । भोली बिहान ९ बजे नेपाली टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने बताइएको छ ।माल्दिभ्सको राजधानी मालेमा हिजो राति भएको उपाधी होडको फाइनल खेलमा भारतसँग नेपाल तीन शुन्यले स्तब्ध भएको थियो ।

पहिलो पटक फाइनलमा स्थान बनाएको नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भयो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनलमा स्थान बनाएको हो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनलमा नेपाल संग भेट पक्का गरेको थियो । नेपालले लिग चरणको खेलमा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । त्यस्तै भारतसँग पराजित भएको नेपालले बंगलादेशसँग एक एक गोलको बराबरी खेल्दै फाइनलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर