ढोरपाटनमा पहिलो याममा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने — OSNepal

ढोरपाटनमा पहिलो याममा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने

LC (KTM) October 17, 2021 0

बागलुङ, ३१ असोज – नेपालको एक मात्र वैधानिक सिकार क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको सिकार हुने भएको छ ।
जंगली जनावर नाउर र झारल सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउन थालेका हुन । सिकारीको लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनको लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियासम्बन्धित् ब्लकमा खटाएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामको लागि सात नाउर र पाँच वटा झारलको सिकार अनुपति दिएको छ । २ कात्तिकदेखि मंसिरसम्म सिकार पर्यटन जारी रहनेछ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारको लागि आउनेछन् ।

पहिलोयाममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्षेनी (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्छन् ।

गत वर्षको दुई सिजनमा १८ नाउर र नौ झारलको सिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा सिकार खेल्ने गरिएको थियो ।

खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन् । सिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । नाउर झारलको मूल्य, ब्लव रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिव २०/२२ लाख रुपैयाँ खर्च गर्ने सिकार पर्यटन व्यवसायी अमृत थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर