खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर – OSNepal

खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

Osnepal Admin (KTM) October 17, 2021 0

अर्घाखाँची, ३१ असोज- अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.