बैतडीका एक युवकको मलेसियामा मृत्यु — OSNepal

बैतडीका एक युवकको मलेसियामा मृत्यु

LC (KTM) October 18, 2021 0

बैतडी, १ कात्तिक- वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।

रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिनुभयो । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएको थियो । जोशीका श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर