नेपाली राष्ट्रिय फुटबल टिमलाई स्वागत गर्न खेलकुद मन्त्री गहतराज स्यंम बिमानस्थल पुगे — OSNepal

नेपाली राष्ट्रिय फुटबल टिमलाई स्वागत गर्न खेलकुद मन्त्री गहतराज स्यंम बिमानस्थल पुगे

LC (KTM) October 18, 2021 0

नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्किएको छ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम आज बिहान स्वदेश फर्किएको हो । नेपाली टोलीलाई स्वागत गर्न खेलकुद मन्त्री महेश्वर गहतराज स्यंम बिमानस्थल पुगेका थिए । मन्त्रीका साथै अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी लगायतले टोलीको भव्य स्वागत गरेका थिए। मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताईरीले भने झै फुटबल समर्थकहरुको समेत बाक्लो उपस्थितिमा टोलीको स्वागत गरिएको थियो ।

मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग तीन शुन्यले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर