आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आज आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिबिया भिड्दै — OSNepal

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आज आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिबिया भिड्दै

LC (KTM) October 18, 2021 0

युएई र ओमानमा संचालन भईरहेको आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा आज पनि दुई वटा खेलहरु हुने भएका छन्। ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु मध्ये पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोलीबीचको खेल दिउँसो पौने ४ बजे बाट सुरु हुने बताइएको छ । त्यस्तै आजै हुने दोस्रो खेलमा श्रीलंका र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुबै टोलीबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । हिजो भएका खेलहरुमा ओमान र स्कटल्याण्ड विजयी भईसकेका छन् । विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन् ।पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर