अस्पताल भर्ना भएका वैधलाई भेट्न नर्भिक अस्पताल पुगे अध्यक्ष प्रचण्ड — OSNepal

अस्पताल भर्ना भएका वैधलाई भेट्न नर्भिक अस्पताल पुगे अध्यक्ष प्रचण्ड

LC (KTM) October 18, 2021 0

काठमाडौं १ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न नर्भिक अस्पताल पुगेका छन् ।

७४ वर्षीय वैधलाई दमको समस्या बढेर गएपछि आइतबार अस्पताल भर्ना गरिएको थियो । बैधको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका प्रचण्डलाई नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

भेटमा प्रचण्डले वैधको स्वास्थ्य शीघ्र लाभको समेत कामना गरेका छन् । प्रचण्डसँगै वैधलार्य भेट्न माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायतका नेताहरु अस्पताल पुगेका थिए ।

अस्पतालको अनुसार वैधको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर