खोला तर्ने क्रममा भीषण वर्षासँगै आएको बाढीले जीप बगायो — OSNepal

खोला तर्ने क्रममा भीषण वर्षासँगै आएको बाढीले जीप बगायो

LC (KTM) October 18, 2021 0

गुल्मी । गुल्मीमा खोलाले जीप बगाएको छ । गएराती देखी आएको भीषण वर्षासँगै आएको बाढीले जीप बगाएको हो । जीप बगाए पनि मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।
सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप खोलाले बगाएको हो ।खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको बताइएको छ । जिल्लामा गए रातीबाट निरन्तर वर्षा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर