बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा — OSNepal

बंगलादेशमा फेरी अर्को हिन्दू मन्दिर तोडफोड, मुसलमानको ज्यादतीबिरुद्ध भोक हड्ताल घोषणा

LC (KTM) October 18, 2021 0

ढाका, १ कात्तिक- बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । अल्पसंख्यक हिन्दू समुदायको आस्थामाथि एकपछि अर्को हमला भइरहेका बेला आईतबार अज्ञात मुस्लिम आक्रमणकारीहरुले हिन्दू मन्दिरमा तोडफोड गरेका हुन् । आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन् ।

गत बुधबार दुर्गा पूजाका क्रममा मुसलमानहरुले हिन्दू मन्दिरमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो । हिन्दू आस्थामाथि भएको हमलाको विरोधमा आइतबार प्रदर्शनमा उत्रिएका हिन्दूमाथि मुसलमानहरुले हमला गरेका थिए । दोहोर झडपमा एक प्रहरी अधिकारीसहित ४० जना घाइते भएका थिए ।

मुस्लिम समूहले बिभिन्न मन्दिर र हिन्दूहरुको स्वामित्व भएका पसलमा आक्रमण गरि लुटपाट मच्चाएपछि सरकारले थप प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो ।

दुर्गा पुजा मनाउने क्रममा शनिबार दिनभर आक्रमणकारीले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दू धर्मालम्बीलाई कुटपिट गरेका थिए । आक्रमणकारीले काली मन्दिरका ६ ओटा मूर्ति तोडफोड गरेका थिए ।

यसैबीच, दुर्गा पूजाका क्रममा हिन्दूमाथि भएको हमलाको बिरोधमा वंगलादेश हिन्दू बौद्ध क्रिष्चियन एकता परिषद्ले २३ अक्टोबरदेखि अनसन र भोक हड्ताल घोषणा गरेको छ । ढाकाको शाहबाघ र चित्तगोङमा बिरोध कार्यक्रम गरिने परिषद्का महासचिब राना दासगुप्ताले पत्रकार सम्मेलनमा जानाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर