OSNepal बिहिबार, मंसिर २३ २०७८

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रुहरुबीच बाटोमै अलपत्र परे

बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रुहरुबीच बाटोमै अलपत्र परे

  • OSNepal
  • सोमबार, कार्तिक १ २०७८


बाढी आएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध, यात्रुहरुबीच बाटोमै अलपत्र परे
Reading Time: < 1 minute

बझाङ, १ कात्तिक- आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव नघटेका कारण राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायत स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् । (रासस)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड