साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै — OSNepal

साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राखेप सदस्यसचिव सिलवाल राति स्वदेश फर्कंदै

LC (KTM) October 18, 2021 0

काठमाडौं, १ कात्तिक – साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न माल्दिभ्स पुगेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल साेमबार राति स्वदेश फर्कंदै छन् ।

गत हप्ता अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँग माल्दिभ्स राजधानी माले पुगेका सदस्य सचिव आज (मंगलबार) राति ९ बजे अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने भएका हुन् ।

सदस्यसचिव सिलवालका स्वकीय सचिव मनोज खड्गीले न्युज कारखानालाई पुष्टि गर्दै राति ९ बजे ‘ल्याण्ड’ हुने बताए ।

यता, आज नै नेपाल सरकारको बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गरेको चर्चा चलिरहेका बेला सदस्यसचिव राति स्वदेश ल्याण्ड हुन लागेका हुन् ।

यद्यपि, उनी आफ्नो नियमित समय अनुसार नै स्वदेश फर्कन लागेका हुन् । शनिबार भएको फाइनल खेलमा नेपाल भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक २८ वर्षपछि फाइनल पुगेको हो ।

नेपाली टिम भने साेमबाच बिहानै स्वदेश फर्किसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर