बिग बोस १५ मा यी प्रतिष्पर्धीहरुको वाइल्ड कार्ड इण्ट्रि हुदै — OSNepal

बिग बोस १५ मा यी प्रतिष्पर्धीहरुको वाइल्ड कार्ड इण्ट्रि हुदै

LC (KTM) October 18, 2021 0

बिग बोस १५ ले सुरुवात देखी नै धमाल मच्चाईरहेको छ । शो मा पहिलो हप्तामा नै प्रतिष्पर्धीहरुका बीचमा वाक युद्ध देखी हातपात सम्मको अवस्था सिर्जना भएको थियो । अब एक नयाँ रिर्पाेटका अनुसार शो मा मनोरञ्जनको जबरजस्त डोज डबल हुने देखिएको छ । शो मा अब राकेश बापट तथा अनुषा दाण्डेकर लाई वाइल्ड कार्ड प्रतिष्पर्धीको रुपमा हिस्सा बनाउने निर्माण पक्षले बिचार गरिरहेको बताइएको छ ।

बलिउड लाईफमा छापिएको एक रिर्पाेट अनुसार अनुषा दाण्डेकरलाई बिग बोस १५ को हिस्सा बनाउनका लागि भारी रकममा अफर गरिएको छ । अनुषा बिग बोस १५ का प्रतिष्पर्धी करण कुन्द्राको एक्स गर्लफ्रेण्ड रहेकी छिन् । दुबै जनाले ६ बर्ष लामो समय सम्म एक अर्कालाई डेट गरेका थिए । केही समय पहिला उनीहरुको ब्रेकअप भएको थियो । अनुषाले करणलाई चिटिंग गरेको आरोप लगाएकी थिईन् । अनुषाले बिग बोस १५ मा आउने बिषयमा बिचार गरिरहेकी छिन् ।

यसैबीच राकेश बापट पनि शो मा वाइल्ड कार्ड प्रतिष्पर्धीको रुपमा प्रबेश गर्ने बताइएको छ । राकेश तथा शमिता शेट्टी बिग बोस ओटीटीमा एक अर्का बीच एकदमै नजिक आएका थिए । राकेशले शमितालाई बाहिर बसेर पनि यतिबेल सर्पाेट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर