कैलालीमा नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार गर्यो प्रहरीले, गएका थिए बालुवा र ढुङ्गा निकाल्न — OSNepal

कैलालीमा नदीमा फसेका श्रीमान् श्रीमतीको सकुशल उद्धार गर्यो प्रहरीले, गएका थिए बालुवा र ढुङ्गा निकाल्न

LC (KTM) October 19, 2021 0

कैलालीमा बाढीले गर्दा नदीका बीच टापुमा फसेका दुईजनाको आज सकुशल उद्धार गरिएको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित खुटिया खोलामा बालुवा, ढुङ्गा निकाल्न गएका सोही नगरपालिका–९ बल्मीका मानबहादुर थापा र निजकी श्रीमती रेबु थापालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

बाढी आई नदीको बीच टापुमा फसेको थापा दम्पतीको इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नं ४७ गण बनबेहडाबाट संयुक्तरूपमा प्रहरी टोली खटीई सकुशल उद्धार गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर