थाइल्याण्डमा अभिनेता अक्षय कुमार बाइकबाट हेलिकप्टरमा चडेको भिडियो भाइरल — OSNepal

थाइल्याण्डमा अभिनेता अक्षय कुमार बाइकबाट हेलिकप्टरमा चडेको भिडियो भाइरल

LC (KTM) October 19, 2021 0

काठमाडौं – हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनले ‘सिंघम’ बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीमा पनि इन्ट्री गरिसकेका छन् ।

भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ मा पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका अक्षयलाई एक पटक पुनः एक्सन अवतारमा प्रस्तुत गरेका छन् ।

यसै फिल्मसँग जोडिएको आफ्नो भावना अक्षयले साटेका छन् । एक पत्रकारको जिज्ञासामा अक्षयले पछिल्लो समय प्रविधिले कामलाई सहज बनाएको बताए । थाइल्याण्डमा खिचिएको एक दृश्यमा अक्षय बाइक हुँदै हेलिकप्टरमा चढ्छन । यो दृश्यमा जोखिम हुँदा हुँदै पनि अक्षयले सामना गरे । ‘सबसे बडा खिलाडीमै यस्ता दृश्य गरेको थियो तर त्यसबेला सुरक्षाका उपाए कम थिए भने प्राविधिक रुपमा पनि हामी सबै थिएनौ’ अक्षयले भन्छन् ‘यतिबेला प्रविधिले सहज बनाएको छ हामीलाई त्यसैले हावाको बहावलाई कम गर्दा जाँदै सात क्यामेराले खिच्दा त्यो दृश्य छिटै सकिनुका साथै सहज पनि भयो ।’

यस्तै, रोहितले सो दृश्यमा आफु निकै चिन्तित रहेको बताए । ‘मलाइ थाहा थिएन त्यो दृश्यमा अक्षयले पाइलटसँग सेटिङ गरिसकेछन ,’ रोहितले भने । किनकी बाइक हुँदै हेलिकप्टरमा झुण्डिएका अक्षयलाई लिएर हेलिकप्टर टाढा पुग्यो जसको बारेमा रोहितलाई थाहा थिएन । उनले त्यहाँ सुरक्षासम्बन्धी प्रोटोकल पुरा नगरेको बताए ।

‘अर्को सिनमा त्यहाँ सुरक्षित रुपमा अक्षयलाई राख्नु थियो यद्दपी उनले एकै टेकमा पुरै सिन सकाए त्यसैले म केहि डराएको थिए ’ रोहितले बताए । यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक रहेको धेरैले अनुमान गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् । फिल्ममा अक्षयले निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । अक्षयको को–स्टार कट्रिना कैफ छिन् ।

कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने रोहितको विश्वास छ । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर