बलिउड अभिनेत्री पूजा बेदीलाई पनि लाग्यो कोरोना — OSNepal

बलिउड अभिनेत्री पूजा बेदीलाई पनि लाग्यो कोरोना

LC (KTM) October 19, 2021 0

एजेन्सी-अभिनेत्री पूजा बेदीलाई कोरोना संक्रमण भएको छ । बेदीले आफुलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक संजाल इन्स्टाग्राम मार्फत जानकारी दिएकी हुन् । एक भिडियो शेयर गर्दै आफूलाई कोरोना संक्रमण भएको र फ्यानलाई आफ्नो स्वास्थ्य लाभको कामना गर्न आग्रह गरेकी छन् ।

उनले भनेकी छन् ‘म कोरोना पोजेटिभ भएकी छु । पछिल्लो केही दिनदेखि एलर्जी र सायद त्यही कारणले रुघा दखिएको थियो । किनकी मलाई धुलोसँग एलर्जी हुन्छ । तर केही दिनदेखि ज्वरो पनि आएको थियो । त्यसपछि मलाई शंका लागेर कोभिड परीक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ आयो । यस्तो बेला डराउनु भन्दा पनि सावधानी अपनाउनुपर्छ । म सबै आवश्यक सावधानी अपनाउदै आफ्नो स्याहारसुसार गरिरहेकी छु’, ।

सन् १९९२ मा रिलिज आमिर खान अभिनित फिल्म ‘जो जीता वही सिकन्दर’मा अभिनय गरेकी उनले आमिरसँगको चुम्बन दृश्यका कारण उनी चर्चामा आएकी थिइन् । उनले सन् १९९१ मा रिलिज फिल्म ‘विषकन्या’बाट अभिनय करियर सुरुवात गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर