अन्तरिक्षमा फिल्म शुटिंग सकेर रसियन फिल्मको टोली १२ दिन पछि फिर्ता — OSNepal

अन्तरिक्षमा फिल्म शुटिंग सकेर रसियन फिल्मको टोली १२ दिन पछि फिर्ता

LC (KTM) October 19, 2021 0

रुस र अमेरिका बिश्वका शक्ति सम्पन्न राष्ट्र रहेका छन् । आणबिक हातहतियार देखी बिभिन्न बिज्ञानका नयाँ अन्बेषणमा यी दुई राष्ट्र बीच सधै प्रतिष्पर्धा नै हुने गरेको छ । यसैक्रममा पछिल्लो समय एकले अर्कालाई जित्ने होडमा रुसले अन्तरिक्षमा फिल्म छायाँकन गरेको छ । हलिउडले चलचित्र क्षेत्रमा बिश्वमा तहल्का पिटिरहेको बेला त्यसलाई चुनौती दिदै रसियन फिल्मले अन्तरिक्षमा फिल्म शुटिंग सम्पन्न गरेको छ । रसियन चलचित्र निर्माता र कलाकारहरूको टोलीले अन्तरक्षिमा फिल्मको छायाँकन सकेर आएको छ ।

हलिउडले पनि अन्तरिक्षको एक कथामा निर्माण हुने चलचित्रको छायाङ्कन अन्तरिक्षमै गएर गर्ने घोषणा गरेको थियो तर त्यो भन्दा अगाडी नै रसियन चलचित्रले शुटिंग सम्पन्न गरेको हो । हलिउडका अभिनेता टम क्रुज र उनको टिमले चलचित्र ‘मिसन इम्पोसिबल’ का लागि नासा र स्पेस एक्सको सहयोगमा अन्तरिक्षमा जाने योजना बनाए पनि उनको टिम भन्दा पहिला एक जना रसियन अन्तरिक्ष यात्री र दुई चलचित्रकर्मीले उनको योजनालाई उछिनेका छन् ।

अन्तरिक्षमा सुटिंग भएको यस फिल्म १२ दिन सकिएको हो । चलचित्र च्यालेन्जको छायाङ्कन गर्न अभिनेत्री युलिया पेरेसिल्ड र निर्देशक क्लिम शिम्पे गत ५ अक्टोबरमा अन्तरिक्ष तर्फ प्रस्थान गरेका थिए । यस चलचित्रको कथामा अन्तरिक्षमा चिकित्सकले गरेको साहसपुर्ण शल्यक्रिया संग सम्बन्धित रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर