पाकिस्तानी गायिका सारा राजा खानले नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ गाएपछिको भिडियो भाइरल — OSNepal

पाकिस्तानी गायिका सारा राजा खानले नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ गाएपछिको भिडियो भाइरल

LC (KTM) October 19, 2021 0

काठमाडौं- मित्रराष्ट्र पाकिस्तानकी गायिका सारा राजा खानले नेपाली गीत ‘कुटुमा कुटु सुपारी दाना’ गाएको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । खानले एक कार्यक्रममा नेपाली गीत गाएपछि त्यसको भिडिओ भाइरल भएको हो। साराले नेपाली गीत गाउँदा कार्यक्रममा उपस्थित नेपाली तथा पाकिस्तानी दर्शकले उनको प्रशंसा गरेका थिए ।

उनले पाकिस्तानी नै गायकरगीतकार गुलाम अलीले गाएको ‘गाजलु ती ठूलाठूला आँखा’ र गायकरसंगीतकार राजनराज शिवाकोटी, मेलिना राईलगायतको स्वरमा रहेको ‘कुटुमा कुटु सुपारी दाना’लगायत नेपाली गीत गाएकी हुन्। ‘ सारा पाकिस्तानी रियालिटी सो ब्राइट स्टारकी विजेता पनि हुन्। उनको पाकस्तानमा मात्र नभइ विश्वभर धेरै फ्यानहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर