थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भएपछि सयौं सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र — OSNepal

थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भएपछि सयौं सवारीसाधन र यात्रु बीच बाटोमै अलपत्र

LC (KTM) October 19, 2021 0

काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना भएको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज राती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु बिचबाटोमा अलपत्र परेका छन् । बाटो सञ्चालनमा आउन केही समय लाग्ने भइरहेको बताइएको छ । बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर