पत्नीको इच्छा पूरा गर्न यि पतिले बनाए ३ सय ६० डिग्री घुम्ने घर, जसले २२ सेकेन्डमा १ फन्को मार्छ — OSNepal

पत्नीको इच्छा पूरा गर्न यि पतिले बनाए ३ सय ६० डिग्री घुम्ने घर, जसले २२ सेकेन्डमा १ फन्को मार्छ

LC (KTM) October 19, 2021 0

काठमाडौं । पत्निको इच्छा पूरा गर्नका लागि भन्दै श्रीमानले ३ सय ६० डिग्री घुम्ने घर बनाइदिएका छन्। खबर हो उत्तरी बोस्नियाको सर्बेक सहरको । जहाँ पत्नीले एउटै दृश्यलाई फरक–फरक कोणबाट हेर्ने इच्छा गरेपछि एक श्रीमान्ले ३ सय ६० डिग्री घुम्ने घर बनाएका हुन् ।

७२ वर्षीया कुसिकका अनुसार यो घरले ढिलो घुम्दा २४ घण्टामा एकपटक फन्को मार्छ तर तिब्र गतिमा घुमाए २२ सेकेन्डमै फन्को मार्छ । यो अनौठो घर बनाएको खबर संचारमाध्यममा आएसँगै घर हेर्न जानेहरुको लर्को लागेको छ ।

७ मिटरमा बनेको यो घर निकोला टेस्ला र मिहाजलो पुपिनबाट प्रेरणा लिएर आफूले बनाएको उनी बताउँछन् । गरिब परिवारमा जन्मिएका कारण मैले राम्रो शिक्षा लिन नपाउँदा समयमा राम्रो आर्थिक प्रगती गर्न नसकेको बताउने कुसिककी पत्नीले नयाँ घरलाई लिएर कुनै टिप्पणी गर्न चाहेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर