कर्णाली नदीमा पनि पानीको बहाब उच्च, दूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित — OSNepal

कर्णाली नदीमा पनि पानीको बहाब उच्च, दूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित

LC (KTM) October 19, 2021 0

धनगढी, २ कात्तिक-लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ ।

खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयको सञ्चार टोलीले जनाएको छ । यसैगरी मोहना, कान्द्रा, कर्णाली नदीमा पनि पानीको बहाब उच्च रहेको सञ्चार टोलीले जनाएको छ ।

यसैगरी लगातारको वर्षाका कारण कैलालीको पहाडी क्षेत्रका विभिन्न स्थानमा पहिरो गएको छ । कैलालीको फल्टुडेस्थित भीमदत्त राजमार्गमा पहिरो जाँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात प्रभावित बनेको छ । क्षतिको थप विवरण आउन बाँकी रहेको कैलाली प्रहरी प्रवक्ता डीसएसपी प्रतीक बिष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर