सावधान ! दुध हालेको चिया पिउँदा हुनसक्छ क्यान्सर — OSNepal

सावधान ! दुध हालेको चिया पिउँदा हुनसक्छ क्यान्सर

LC (KTM) October 19, 2021 0

काठमाडौं । विश्वभर चिया पिउने गरिन्छ । पाहुनाको स्वागतका लागि चिया दिइन्छ । कतिपय मानिसहरु समय कटाउन पनि कफिसपमा गएर चिया पिउने गर्छन् । अझ भनौ अधिकांश नेपालीको चियाबाट दैनिकी सुरु हुन्छ ।

तर, यसरी पिइने चिया मानव स्वास्थ्यका लागि निकै हानीकारक छ । ब्रिटिस मेडिकल जर्नलमा प्र्रकाशित खोजले चिया धेरै पिउने व्यक्तिलाई क्यान्सरको सम्भावना हुने तथ्य पत्ता लगाएको छ ।

चिया धेरै पिउने मान्छेलाई ब्रेस्ट क्यान्सरको सम्भावनालाई समेत बढाउँदै लैजाने बताइएको छ । बढी तातो चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तातो चिया पिउनुको परिणाम मुख र पेट जोड्ने नली ड्यामेज हुन सक्छ । जसको कारण क्यान्सर नै हुन सक्ने सम्भावना हुन्छ ।

चियामा हुने अर्को हानिकारक तत्व ‘फ्लोराइड’ हड्डी कमजोर बनाउँछ । चियाको अत्यधिक प्रयोगले शरीरमा युरिनको मात्रा बढाउँदै लैजाँदा सोडियम, पोटासियमजस्ता मिनरलसमेत शरीरबाट बाहिर निस्कन थाल्छ । जसले शरीरलाई कमजोर बनाउने काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर