युटुबको ट्रेण्डिङ १ मा चलचित्र नेप्टे , दयाहाङ राइ लाई खलपात्रको रुपमा यस्तो देखियो — OSNepal

युटुबको ट्रेण्डिङ १ मा चलचित्र नेप्टे , दयाहाङ राइ लाई खलपात्रको रुपमा यस्तो देखियो

LC (KTM) October 19, 2021 0

सिनेमाघरमा राम्रो सफलता नपाएको नेपाली स्टार दयाहाङ राई द्धारा अभिनित चलचित्र नेप्टेले सामाजिक सञ्जाल युटुबमा भने राम्रै सफलता हात पारेको छ । बिजया दशमीको अवसर पारेर सार्जजनिक गरिएको यस चलचित्रले अहिले युटुबको ट्रेण्डिंग १ मा आफुलाई उभ्याउन सफल भएको छ । हाईलाईट्स नेपालमा सार्वजनिक गरिएको यस चलचित्रले १८ लाख भन्दा बढी भ्युज पाएको छ । त्यस्तै अहिले सम्म यस चलचित्रलाई ३७ हजारले लाइक गरेका छन् भने १७ सयले डिसलाइक गरेका छन् ।

चलचित्रमा दयाहाङ राईको भुमीकालाई सबैले मन पराएका छन् । यस फिल्मका बिषयमा मध्यम खालको प्रतिक्रियाहरु आएका छन् । देबकुमार श्रेष्ठको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, वुद्धि तामाङ हैट , अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको भूमिका रहेको छ । रोहित रुम्बाको लगानीमा बनेको यस फिल्ममा दयाहाङ राई खलपात्रको रुपमा देखिएका छन् । चलचित्रलाई हरि लामा घलेले छायांकन गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा गायक बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत रहेको छ । रोहित रुम्बाको कथा रहेको यस फिल्ममा द्धन्द निर्देशन भने रोशन श्रेष्ठले गरेका छन् । यस फिल्ममा रोहीत रुम्बा हाबी देखिएका छन् । उनले अभिनेता, निर्माता, कथा, संगीत लगायत सबैमा आफुलाई प्रस्तुत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर