अनलाइनबाट किनेको सामान यसरी चोरेर भालु भाग्यो, भिडियो भाइरल — OSNepal

अनलाइनबाट किनेको सामान यसरी चोरेर भालु भाग्यो, भिडियो भाइरल

LC (KTM) October 19, 2021 0

काठमाडौँ । अनलाइनबाट किनेको सामान भालुले चोरेर हिडेको भिडियो भाइरल बनिरहेको छ । अनलाइनमा किनेको सामान डेलिभरीकर्ताले घरसम्म त लगे तर सम्बन्धित ब्यक्तिलाई नबुझाई घर बाहिर नै राखेर फर्किएपछि उक्त सामान हरायो । खबर हो अमेरिकाको कनेक्टिकटस्थित ब्रिस्टलको ।

डेलिभरीकर्ताले घरसम्म सामान ल्याएको सामान अर्डर गर्ने महिलाले थाहा नपाईकनै एक भालू आई अनलाइन सपिङबाट किनेको सो सामानको प्याकेट मुखमा च्यापेर भागेपछि खैलाबैला भयो ।

जब अर्डर गरेकी महिलाले सामान समयमा नपाएपछि सामान आफ्नै घरबाट चोरी भएको आशंका गरिन् । सामान हराएको आशंका गरेकी महिलाले सिसीटिभी फुटेज हेर्दा अनलाइन सपिङबाट किनेको सो सामानको प्याकेट मुखमा च्यापेर भागेको दृश्य देखिन् । अनलाइन सपिङमा किनेको सामान अरु कसैले नभई एक भालुले लिएर गएको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर