महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा, भाईरल रोडसमेत कटान — OSNepal

महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा, भाईरल रोडसमेत कटान

LC (KTM) October 19, 2021 0

कन्चनपुर, २ कार्तिक- आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकालीमा पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता शिद्दराज न्यौपानेले बताए । बाढी प्रभावित परिवारको तथ्यांक संकलन भईरहेको उनले जानाकारी दिए ।

यसैगरी, महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाईरल रोडसमेत कटान हुन थालेको छ । प्रबक्ता न्यौपानेका अनुसार रिङरोडको केही अंश कटान भएको छ ।

यसैगरी, महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ । पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताए । बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर