OSNepal आइतबार, मंसिर १९ २०७८

बुबालाई खुकुरी हानेर छोरा २९ बर्षीय राजेन्द्र फरार

बुबालाई खुकुरी हानेर छोरा २९ बर्षीय राजेन्द्र फरार

  • OSNepal
  • मंगलबार, कार्तिक २ २०७८


बुबालाई खुकुरी हानेर छोरा २९ बर्षीय राजेन्द्र फरार
Reading Time: < 1 minute

गुल्मी, २ कात्तिक -गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए ।

खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ । उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए । सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ । घटनाका आरोपितको खोजी कार्य जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड