सेतीमा नदीमा आएको बाढीले बस्तीलाई दुई भागमा विभाजन गर्दा ६० जना फसे — OSNepal

सेतीमा नदीमा आएको बाढीले बस्तीलाई दुई भागमा विभाजन गर्दा ६० जना फसे

LC (KTM) October 19, 2021 0

धनगढी २ कात्तिक । लगातार आएको वर्षाका कारण सेतीमा नदीको बाढीमा ६० जना फसेका छन् ।

बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा नदीले किनारामा रहेको खेतबारी कटान गर्दै जाँदा अग्लो भागमा रहेको बस्ती दुई भागमा बनाएका कारण त्यस स्थानमा बस्दै आएका ६० जना टापुमै फसेका हुन् ।

बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा फसेकाहरुलाई उद्दार गर्न ढिलाई भएको बताइएको छ । मौसम सफा हुने बित्तिकै हेलिकप्टर पठाउने तयारी भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर