पहिरोमापरि ३ जनाको मृत्यु, एक जना वेपत्ता — OSNepal

पहिरोमापरि ३ जनाको मृत्यु, एक जना वेपत्ता

LC (KTM) October 19, 2021 0

काठमाडौं २ कात्तिक । अविरल वर्षाका कारण आएको बाढीपहिरोले ३ जनाको ज्यान गएको छ भने एक जना वेपत्ता भएका छन् । डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर ज्यान गएको हो ।

त्यसैगरी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको छ । घाइते दुई जनाको भने डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

वेपत्ता हुनेमा गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी रहेका छन् । उनलाई ढुंगा निकाल्ने क्रममा खोलाले बगाएको हो । उनको खोजी कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर