कस्तो छ अहिले मोहन वैद्यलाई ? — OSNepal

कस्तो छ अहिले मोहन वैद्यलाई ?

LC (KTM) October 19, 2021 0

काठमाडौं, २ कात्तिक । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु किरणलाई भेट्न उपराष्ट्रपति पुन बिहान ८ः३० बजे नर्भिक अस्पताल पुगेका हुन् ।

उनले नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । नर्भिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए ।

सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि गृहमन्त्री बालकृष्ण खाँण समेत नेता वैद्यलाई भेट्न नर्भिक पुगेका थिए ।

सो क्रममा गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश समेत वैद्यलाई सुनाएका थिए । आफू र प्रधानमन्त्रीले समेत वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको र उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरेका थिए । आइतबार बिहान नर्भिक भर्ना भएका नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर