यसरी गरियो गलकोटमा नेकपा माओवादी केन्द्रको संगठन विस्तार — OSNepal

यसरी गरियो गलकोटमा नेकपा माओवादी केन्द्रको संगठन विस्तार

LC (KTM) October 19, 2021 0

थम्मन थापा / बागलुङ – नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा वडा तहसम्म संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई तिव्र पारेको छ । पार्टीले जनता समक्ष आफना एजेण्डा, पार्टीको आगामी कार्यदिशा लगायतका विषयमा जानकारी गराउँदै अभियानलाई अगाडी बढाईएको नेकपा माओवादी केन्द्रले जनाएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ मा वडा भेला सम्पन्न गरेको छ ।

भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य तथा गलकोट नगर समिती इन्चार्ज फमलाल निउरेले नेपालको संविधानको रक्षा र माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीको संस्थागत गर्न कम्युनिष्टहरु बिचको एकता आवश्यकता रहेको बताएका छन । निउरेले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता र संविधान सभाबाट जारी भएको जनताको संविधान जस्ता विषय माओवादीको ऐजेन्डा भएको बताउँदै अब यी उपलब्धीको संरक्षण सँगै संस्थागत गरि अगाडि बढ्न कम्युनिष्ट एकता आवश्यक रहेको उल्लेख गरे ।

कम्युनिष्ट पार्टीको ऐजेण्डा अनुसार देशमा परिवर्तन भएको छ, उनले भनें, अब हामी यसलाई कार्यान्वयन र संरक्षणको लागि सबै एकजुट हुन जरुर छ । उनले भिन्न पार्टीमा आवद्ध भएर कम्युनिष्ट निर्णायक शक्ति बन्न नसक्ने बताउदैं एकजुट भएर अगाडि जानुको विकल्प नभएको बताए । भेलामा ताराखोला गाँउपालिका अध्यक्ष प्रकाश घर्तीले वर्तमानको आवश्यकता अनुसार सबै कम्युनिष्ट विचार मान्ने नेता तथा कार्यकता एकताबद्ध हुन जरुरी रहेको बताए । कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका केन्द्रिय सचिव चित्र बहादुर भण्डारी, गण्डकी प्रदेश समिति सदस्यमा सिफारीस हुनुभएका शेर बहादुर खड्का, गलकोट नगरपालिका वडा नम्वर ४ का इन्चार्ज चन्द्रदत्त रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

भेलाले आगामी कात्तिक १३ गते हुने वडा अधिवेशनको लागि सुर्य भण्डारीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । वडा भेला नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका वडा नं ४ का अध्यक्ष दल वहादुर खड्काको अध्यक्षता, अखिल नेपाल शिक्षक संगठन गलकोट नगर सदस्य तारापती न्यौपानेको स्वागत तथा कल्पना भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका पार्टी सदस्यहरुलाई फुलमाला सहित पार्टीमा स्वागत गरिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर