कोरोना कहरकाबिच भोली सन्दीप सिपिएल खेल्न कोरियन एयरको चाटर्ड विमान मार्फत उड्दै



काठमाडौं, साउन १४ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट रिर्पोट आएको छ । मंगलबार सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणको नतिजा आएको ब्यबस्थापक रमन सिवाकोटीले ओएस नेपाललाई जानकारी दिए ।

क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न जानुअघि सन्दीपले कोरोनाको परीक्षण गराएको र रिर्पोट नेगेटिभ आएसँगै उनी बिहिबार १० बजे कोरियन एयर हुँदै चार्टर्ड विमानबाट ट्रिनिडाड एन्ड टोबागो जाँदैछन्। सन्दिप ट्रिनिडाड पुगेलगत्तै १४ दिन क्वारेन्टिनमा बस्ने बताइएको छ ।

आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने सिपिएलमा जमैका तल्लावाहजबाट एक करोड ५६ लाख रूपैयाँ लिएर खेल्न लागेका हुन् । बिनादर्शक खेलाइने सिपिएलमा कुल ३३ खेल हुनेछन् ।

Comment