करिनाकी सौतनी छोरी सारा र शाहरुखकी छोरी सुहानाको यो महँगो लाइफस्टाइन, रोजी रोजी महंगा गाडीमा घुम्छन्, नपुग्दो केही छैन — OSNepal

करिनाकी सौतनी छोरी सारा र शाहरुखकी छोरी सुहानाको यो महँगो लाइफस्टाइन, रोजी रोजी महंगा गाडीमा घुम्छन्, नपुग्दो केही छैन

LC (KTM) October 19, 2021 0

एजेन्सी । बलिउड किगं खान शाहरुखकी छोरी पछिल्लो समय चर्चामा रहेकी छिन् । उनले बलिउडमा अभिनय गर्न थालेसँगै उनको चर्चा थप चुलीएको हो ।

बलिउड स्टार मात्र होइन उनीहरुका सन्तती समेत एक लक्जरी लाइफ जिउने गर्दछन् । उनीहरुलाई यो अवसर आफ्नो आमाबुबाका कारणले मिलेको हो । उनीहरुलाई केही कुराको पनि कमी छैन । यी स्टार किड्स महँगो भन्दा महँगो गाडीमा घुम्ने गर्दछन् ।

उनीहरुको जस्तो लक्जरियस लाइफको चाहना जो कोहीमा पनि हुन्छ । तर यसको अवसर निकै कमले मात्रै पाउँछन् । जसको ज्वलन्त उदाहरण हुन् बलिउड किगं खान शाहरुखकी छोरी सुहाना खान ।

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान भाई आर्यन झै लक्जरियस लाइफ जिउने गर्दछिन् । सुहाना खानको साथमा पनि आर्यनको जस्तै गाडी छ ।

त्यस्तै करिनाकी सौतेनी छोरी सारा अली खान । सारा अली खानका साथ बीएमडब्ल्यु सेडान कार छ । सैफअली खान तथा अमृता सिंहकी जेठी छोरी सारा अली खान पनि शाहरुखकी छोरी सुहाना खानकै जस्तो लक्जरियस लाइफ जिउने गर्दछिन् । उनी घुम्ने कारको मुल्य निकै महँगो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर